Rashtriya Dainik

बिहीबारदेखि ‘युरोपियन सेक्स च्याम्पियनसिप’

काठमाडौं । स्विडेनले यौन (सेक्स)लाई औपचारिकतासहित खेलको रूपमा घोषणा गरेको छ । यौनलाई खेल मान्दै आउँदो बिहीबार (जुन ८) देखि पहिलोपटक यौन प्रतियोगिताको आयोजना गर्दै छ ।

यौन प्रतियोगितामा भाग लिने व्यक्तिहरू यौनसत्रमा संलग्न हुनेछन्, जुन दैनिक ६ घण्टासम्म चल्न सक्छ । निर्णायकको प्यानल र दर्शकको भोटको आधारमा यौन प्रतियोगिताका विजेताहरू छानिनेछन् ।

६ हप्तासम्म चल्ने युरोपियन सेक्स च्याम्पियनसिपमा सहभागीहरूले आफ्नो खेलअवधिको आधारमा दैनिक ४५ मिनेटदेखि एक घण्टासम्म यौन क्रियाकलापमा संलग्न हुनेछन् ।

जोडीबीचको केमेस्ट्री, सेक्सबारेको ज्ञान, सहनशीलताको स्तर आदिलाई ध्यानमा राखेर विजेताको अन्तिम निर्णय गरिने बताइएको छ ।

विशेष गरी सेक्स र कामुकतासम्बन्धी संस्कृत शास्त्र ‘कामसूत्र’को ज्ञानले पनि निर्णय लिन भूमिका खेल्ने बताइएको छ । सहभागीहरूले ‘कामसूत्र’सम्बन्धी ज्ञानको आधारमा पनि अंक प्राप्त गर्नेछन् । यसबाहेक च्याम्पियनशिपले विभिन्न किसिमका सेक्सुअल ओरिएन्टेसनलाई समेत समावेश गरेको छ ।

यौन प्रतियोगिताको आयोजक स्विडिस सेक्स फेडरेसनले युरोपेली देशमा यो महत्वपूर्ण नयाँ सुरुआत हुने विश्वास व्यक्त गरेको छ । यो निर्णयको कतिपयले आलोचना गरेका छन् भने कति मौन छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित