बिनोद निगम / नवलपरासी ,२१ जेठ
पश्चिम नवलपरासीको रामग्राम न.पा. ८ हुलाकी सडक खण्डको बैकुण्ठ पुलमा गएराति अन्दाजी ११:५५ बजे सवारी दुर्घटना हुदा एकको मृत्यु भएको छ ।
लु ११ प १९९३ नंबर सुपर स्प्लेन्डर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते भएका मोटरसाइकल चालकलाई जिल्ला अस्पाताल परासीले उपचारका क्रममा आज बिहान २:०० बज मृत घोषणा गरेको हो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी टोली घटनास्थलमा पुगी उनलाई जिल्ला अस्पताल परासी ल्याइएको थियो ।
अहिलेसम्म कुनैपनि नाम थर ठेगाना खुल्न नसकको मृतकको सनाखत हुन बाँकी रहेकोले शब सोही अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेले बताउनुभएको छ ।
घटनाको विषयमा थप आवश्यक अनुसन्धान भइरहेको समेत उहाले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

