आरपी उपध्याय /नवलपरासी २० जेठ
गण्डक नदी नियन्त्रण संघर्ष समिति पश्चिम नवलपरासीले सुस्ता गाउँपालिका अन्तर्गत नदी नियन्त्रण कार्यमा भइरहेको प्रगति र अवस्थाका बारेमा जनप्रतिनिधिहरुलाई अवगत गराएको छ ।
संघर्ष समितिले सुस्ता गाउँपालिका अन्र्तगतका जनप्रतिनिधिहरुलाई नदी जन्य समाग्रीको उत्खनन र बैधानिकतामा उत्पन्न अवस्थाबारे जानकारी गराइएको संघार्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताले जानकारी दिनुभएको छ । सुस्ता गाउँपालिकाको सभाहलमा बसेको सयुक्त बैठकमा विग्याप बाधको उचाई र चौडाई बढाउने कार्यमा भइरहेको निर्माण कार्यको प्रगति र उत्पन्न समस्या बारे पनि छलफल भएको थियो । संघर्ष समितिले नदीजन्य पदार्थ उत्खननले पार्ने दिर्घकालिन समस्या समाधानको लागी र नेपाली र भारतिय प्राविधिक, पालिकाका प्रतिनिधि, स्थानिय प्रशासन, संघर्ष समितिका पदाधिकारी लगायत सरोकारवाला निकायका बीच बृहत बैठक बस्न पालिका संग आग्रह गरिएको छ ।
विग्याप बाध निर्माण कार्यका लागी नारायणी नदीबाट निकालिएको गिट्टी र बालुवालाई अन्यत्र प्रयोग गरिएको गुनासो उपर पनि बैठक केन्द्रित रहेको थियो । संघर्ष समितिले २०६५ सालमा ३४ दिन सम्म गण्डक नदीको पानी रोकेर गरेको आन्दोलन पछि प्राप्त उपलब्धीलाई खेर जान नदिन सम्बन्धित पक्ष संग आग्रह गरेको छ । आन्दोलनको उपलब्धीकै रुपमा विग्याप बाधको उचाई र चौडाई बढाउन भारत उत्तर प्रदेश प्रदेश सरकारले चालु आर्थिक बर्षमा ८७ करोडको लागतमा निर्माण कार्य अगाडी बढाएको बारे पनि सयुक्त छलफल भएको संघर्ष समितिका सचिव शैलेन्द्र प्रसाद शर्माले जानकारी दिनुभएको छ । संयुक्त बैठकमा सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय, उपाध्यक्ष गितादेवी चौधरी,वडा न. ३ का वडाध्यक्ष हरिलाल दुसाध,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

