उमेश बि.क / नवलपरासी , १९ जेठ
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर २ परासीमा सन्चालित प्रथम रामग्राम साँस्कृतिक मेलामा भाेजपुरी गायिका शिल्पी राज अाउने भएकी छिन ।
मेलामा अाफ्नाे सांगीतिक प्रस्तुति दिन भाेजपुरी बहुचर्चित गायिका शिल्पी राज अाउन लागेकी हुन् ।
अाज जेठ १९ गते शुक्रबार भाेजपुरी गायिका शिल्पी राज सहित उनकाे सम्पूर्ण टिम अाउने मेला ब्यवस्थापक राजविर जैसवालले जानकारी दिनुभएको हाे ।
शिल्पी राज संगै डान्सर माेडल प्रिति पासवान , डान्सर रेबिका अधिकारी , नवलपुर टप वन ग्रुप , साेनि डान्स ग्रुप साथै कुस्ती प्रतियोगिता समेत रहने जैसवालले जानकारी दिनुभयाे ।
रामग्राम नगरपालिका वडा नम्बर २ कार्यालयकाे अायाेजना तथा जय माता दि एम्युजमेसन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि बुटवलकाे ब्यवस्थापनमा उक्त मेला जेठ ९ गते मंगलबार उद्घाटन भएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

