प्रिन्स मिश्रा कृष्णनगर , जेठ १८ । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या भएको छ । बिहेको प्रस्ताव अस्विकार गर्दा हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताएका छन ।
बाणगंगा नगरपालिका वडा नम्बर ६ , मटेरिया का ७० बर्षिय बम बहादुर थारु र उनकी भतिजी २२ बर्षिय अन्जनी थारुको चक्कु प्रहार गरि हत्या गरिएको हो । बिहिबार बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार भएको थियो ।
तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पतालमा लगिएको थियो । उनिहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको कञ्चनका २२ बर्षिय मोहन थारुले उनिहरु माथी चक्कु प्रहार गरेको प्रहरी नायब उपरिक्षक घलेले जानकारी दिए । चक्कु प्रहार पछि दुबै जना गम्भिर घाईते भएका थिए । बम बहादुरको जीतपुरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोहन थारु र अन्जनी थारु विगत २ बर्ष देखी प्रेम सम्बन्धमा रहेको र विहेको प्रस्ताव अस्विकार गरेपछि हत्या गरेको बताए । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

