Rashtriya Dainik

उखु किसान र सरकार बिच सहमति, आन्दोलन फिर्ता

प्रिन्स मिश्रा/ कृष्णनगर , १८ जेठ

कपिलवस्तु उखु किसान र सरकार बिच सहमति भएको छ । १७ दिन देखि काठमान्डौमा आन्दोलनमा रहेका किसानहरूको माग सम्बोधन गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता गरिएको सर्घष समितिका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । मन्त्रिपरिषद्को निर्णयअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्द प्रसाद शर्माको संयोजक्तमा गठन भएको बर्ता टोली साउन मसान्त सम्म माग सम्बोधन गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०७१ – ७२ सालमा सरकारले उखु किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँ अनुदान दिएको थियो । उक्त अनुदान बापतको ढाइ करोड रकम सरकार सँग माग गर्दै किसानहरू काठमान्डौ गएका थिए ।
वार्ता टोली सँग भएको छलफल पछि साउन मसान्त सम्म रकम भुक्तानी गर्ने निर्णय भएको अध्यक्ष चौधरीले बताउनुभयो । हामी १७ दिन देखि माइतीघर मण्डलामा धर्नामा बसेका थियौ,आज निर्णय भएसँगै घर फर्किने तयारी गरेका छौ चौधरीले भन्नुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित