Rashtriya Dainik

सुस्ताले गर्याे वर्षभरकाे गतिविधि सार्वजनिक

अारपि उपाध्याय / नवलपरासी , १८ जेठ

पश्चिम नवलपरासी सुस्ता गाउपालिकाले एक बर्षको अवधीमा भएको कार्यप्रगती समिक्षा कार्यलाई पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरेको छ ।

सुस्ता गाउपालिका अध्यक्ष टेक नारायण उपाध्यायले सुस्ता गाउपालिकामा सामाजिक सुरक्षाका छोरी सुनौलो भविष्य योजना कार्यक्रम सन्चालनमा ल्याइएको जस अन्तर्गत हाल सम्म १७० जनाले सेवा लिएको बताउनु भयो ।

उहाले कृषकहरुका लागि ५०० मेट्रीक टन क्षमताको शीत भन्डार निर्माण कार्य सम्पन्न भएको जानकारी पनि दिनुभयो । गाउपालिका अध्यक्ष उपाध्याय ले पालिका अन्तर्गत शिपमुलक र रोजगार मुलक तालिम संचालन गरिएको बताउदै ७० बर्ष माथी उमेर पुगेका ज्येष्ठ नागरिक हरुलाई घरमै पुगि उपचार कार्यको थालनी गरेको जानकारी दिनुभयो ।

बेरोजगार नागरिक लाई १०० दिनको रोजगार दिइएको, जसबाट वार्ड न १ र ४ मा खानेपानीको पाईप बिछ्याउने कार्य र वार्ड न ३ र ५ मा कृषि सडक निर्माण गरिएको कार्यक्रम अन्तर्गत ७० जनालाई रोजगारी प्रदान भएको बताउदै अध्यक्ष उपाध्यायले कालो पत्रे सडक ३ किलोमीटर , पि.सि.सि २.५ किमि ,ग्राभेल ८ किमि , र कल्भर्ट ५ ओटा निर्माण भै भौतिक प्रगती भएको जानकारी दिनुभयो ।

पत्रकार भेट्घाट कार्यक्रममा गाउपालिका उपाध्यक्ष गितादेबी चौधरीले न्यायिक समितिको गतिविधि र प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले ९४ योजना सम्झौता भएकोमा २७ ओटा योजना ठेक्का भएको बताउदै ३४.७९ प्रतिशत रकम खर्च भएको जानकारी दिनु भएको थियो।

सो अवसरमा सुस्ता गाउँपालिका १ देखि ५ सम्मका वडाध्यक्षहरु र सम्बन्धित शाखा प्रमुखहरुको पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित