Rashtriya Dainik

रामनगर सामुदायिक अध्ययन केन्द्र शुभारम्भ

राष्ट्रिय दैनिक / नवलपरासी , १७ जेठ

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.१२ को पहलमा रामनगर अध्ययन केन्द्र शुभारम्भ भएको छ।

सुनवल १२ को वडा कार्यालय भवनमा संस्थाको परिकल्पना दिवस तथा गणतन्त्र दिवसको अवसरमा वेदः सिर्जनशील संस्थाको आयोजना रामनगर सामुदायिक अध्ययन केन्द्रको शुभराम्भ भएको हाे।

संस्थाको अध्यक्ष यमन भण्डारीको अध्यक्षता, तथा सुनवल नगरपालिका १२ काे वडा अध्यक्ष चुरामणी पौडेलको प्रमुख अतिथ्यतामा रामनगर सामुदायिक अध्ययन केन्द्र शुभारम्भ भएको हाे।
ि
उक्त कार्यक्रममा साहित्य परिषद नवलपरासीका अध्यक्ष डा. श्याम प्रसाद न्यौपाने , लायन्स क्लब अफ रामनगरका अध्यक्ष तथा राइजिड॰ स्टार विकास प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष बलराम चापागाई, संस्थापक अध्यक्ष कृष्ण पाण्डे, मानार्थ सदस्य कला डुम्रे भट्टराई , जनज्योति युवा क्लबका अध्यक्ष कशेव विश्वकर्मा, दारी ग्याड॰ नवलपरासीका अध्यक्ष प्रदिप अर्याल , पुर्व अध्यक्ष तथा सस्थापक सदस्य रोश्नी राना ,सस्थापक स्वागत थापा , आजिवन सदस्य केशव भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।

संस्थाकी उपाध्यक्ष हुमा देवकोटा स्वागत मन्तव्यबाट सुरुवात भएको कार्यक्रम सन्चालन पुनम भण्डारीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित