अारपि उपाध्याय / नवलपरासी ,१७ जेठ
पुर्बी नवलपरासी बिनयी त्रिबेणी ६ अन्तर्गत रहेको त्रिबेणी मध्यवर्ती उपभोक्ता समितिको आयोजना तथा तराई भुपरिधी कार्यक्रमको आर्थिक सहयोगमा अन्तर आधारभुत विद्यालयहरु बिच हाजिरी जवाफ प्रतियोगिता बुधबार त्रिबेणीमा सम्पन्न भएको छ ।
त्रिबेणी मध्यवर्ती उपभोक्ता समितीका अध्यक्ष धिरज थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम का प्रमुख अतिथी समेत रहनु भएका नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका संस्थापक सदस्य आर.पी. उपाध्यायले वन पैदावर र बन्यजन्तुको संरक्षणका लागि विद्यार्थीहरु लाई दिइने शिक्षाले भविष्यमा असल नतिजा आउने बताउदै शिक्षाका साथै अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा थप बाहिरी ज्ञान सिक्ने अवसर प्रदान हुने धारणा राख्नु भयो ।
सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा नारायणी गण्डकी मा.वि. त्रिबेणी प्रथम , नेपाल आधारभुत विद्यालय प्रसैया दितिय , र मुक्तिनाथ पिठ बेद विद्यालय गजेन्द्र मोक्ष धाम तृतीय भएको नेपाल आधारभुत विद्यालय प्रसैयाकी सहायक प्रधानाध्यापक लक्ष्मी देवी काफ्लेले जानकारी दिनुभएको छ ।
आजको आवश्यकता सिमसार पुनस्थापना संरक्षण चेतना अभिवृद्धिका लागि विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ ।

त्रिवेणी मध्यवर्ती उपभोक्ता समितीमा नयाँ नेतृत्व चयन पछि समुदाय र विद्यालय स्तरिय सचेतना र अन्तर्कृया कार्यक्रम हुँदै आएको समेत जानकारीमा आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

