Rashtriya Dainik

प्रजनन स्वास्थ्य समस्या सम्बन्धि शिविरबाट कृष्णनगरका ३६० जना महिला लाभान्वित

कृष्णनगर,१६ जेष्ठ

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा जे महिलाको प्रजनन स्वास्थ्य समस्या सम्बन्धि संचालित शिविर बाट कृष्णनगरका ३६० जना प्रजनन उमेरका महिला लाभान्वित भएका कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

उक्त शिविरमा ३६० जना सेवाग्राही मध्ये १२ जना VIA positive लाई Case Thermocoagulation विधि द्वारा उपचार, ५ जना UV prolapse लाई ring passery राख्ने, ३ जना दम्पत्ति लाई बाझोपन सम्बन्धि आवश्यक परामर्श र थप उपचारको लागि रिफर तथा अन्य समस्या सम्बन्धि UTI, PID, DUB गरिएको जानकारी गराइएको छ l

उक्त स्वास्थ्य शिविरबाट कृष्णनगर नगरपालिकाका महिला हरूले राम्रो सुविधा प्राप्त गरेको तथा समय समयमा यस्ता शिविर हरु संचालन हुनुपर्ने सामाजिक अगुवा हरूको भनाई रहेको छ।

भैरहवा मेडिकल कॉलेज तथा मेरिस्टोप चन्द्रौटाको प्रविधिक सहयोग रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित