उमेश बि.क / नवलपरासी , १३ जेठ पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर २ परासी हाटबाजरमा सन्चालित प्रथम रामग्राम साँस्कृतिक मेलामा अाज शनिबार गायक दुर्गेश थापा अाउने भएका छन । मेलामा अाफ्नाे सांगीतिक प्रस्तुति दिन थापा आउन लागेका हुन् । जेठ ९ गतेदेखि सुरू भएको मेलामा शनिबार गायक थापा अाउने मेला ब्यवस्थापक राजविर जैसवालले जानकारी दिनुभएको हाे । थापासंगै माेडल तथा डान्सर प्रिति पासवान ,डान्सर माेनिका न्याैपाने , नवलपुर टप वन ग्रुप , साेनि डान्स ग्रुप साथै कुस्ती प्रतियोगिता समेत रहने जैसवालले जानकारी दिनुभयाे । रामग्राम नगरपालिका वडा नम्बर २ कार्यालयकाे अायाेजना तथा जय माता दि एम्युजमेसन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि बुटवलकाे ब्यवस्थापनमा उक्त मेला जेठ ९ गते मंगलबार उद्घाटन भएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।