सरावल बालअावाज नामक मासिक पत्रिकाको उदघाटन

सरावल बालअावाज नामक मासिक पत्रिकाको उदघाटन

उमेश बि.क / नवलपरासी ,२ कार्तिक

नवलपरासीको सरावल गाउँपालिकामा सरावल बालअावाज नामक मासिक पत्रिकाको बिमाेचन तथा उदघाटन गरीएको छ ।

असाेज ३० गते शुक्रबार सरावल गाउँपालिकाको सभा कक्षमा एक औपचारिक कार्यक्रमका माझ संकल्प प्रतिष्ठानद्वारा प्रकासित सरावल बालअावाज नामक मासिक पत्रिकाको बिमाेचन तथा उदघाटन गरिएको हो ।

सरावल गाउँपालिका भित्र रहेका बालबालिकाहरुकाे अवस्था ,गतिविधि र रचनाहरुलाई प्रकासन गरेर बालबालिकाहरुलाई कुशल नेतृत्व प्रदान गर्ने उद्देश्यले संकल्प प्रतिष्ठानका अध्यक्ष शुसान्त शर्मा घिमिरेकाे अध्यक्षतामा तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा पत्रिका बिमाेचन तथा उदघाटन गरिएको हाे।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले पत्रकारीता जगतलाई व्यवस्थित र मर्यादीत बनाएर लैजानु पर्नेमा जोड दिनु भयो । सरावल गाउँपालिकामा एेतिहासिक कामलाई निरन्तर्ता दिइएको भन्दै कम समयमा ठुलाे फड्को मार्ने काम संस्थाले गरेकाे बताउनु भएको हाे । विशेषगरी बालबालिकाकाे क्षेत्रमा अाफ्नाे कदम अगाडि बढाउने कार्य सुचारु गरेको छ ।सुचना सम्प्रेषण गर्ने कार्यमा अगाडि बढ्दै जादा सथ्यलाई प्राथमिकतामा राखि सत्य तथ्य र स्पष्ट समाचार सम्प्रेषण गर्नकाे निम्ति अाग्रह गर्नुभएको हाे। बालबालिकाकाे क्षेत्रमा बालबालिकाले गर्ने काम बालप्रतिभा , बालबालिका गतिविधि ,कृयाकलाप ,कर्तव्य जागरुक गराउदै पाटिगत कृयाकलाप नझल्किनेगरी सबै सुचना सम्प्रेण गरियोस् । पत्रिका दिगाेपना टिकाउ हाेस ,संकल्प प्रतिष्ठानले लिइएको हरेक संकल्प पुरा हाेस भनी शुभकामना ब्यक्त गर्नुभएको हाे।

त्यस्तै नेपाल बाल संगठनका जिल्ला सभापति प्रितम पाैडेलले बालपत्रिका संकल्प प्रतिष्ठानले सुरुवात गरेकोमा धेरै खुशि दर्शाउदै अाउने समयमा सहकार्य गरेर बालबालिकाहरुलाई अगाडि बढाउने बताउनु भएको हाे।नेपाल सरकारले गर्न नसकेकाे काम विभिन्न एनजीओले गरिरहेकाे हुनाले हामी गर्ने धेरै काम रहेको छ । बालबालिका क्षेत्रमा धेरै काम रहेको हुनाले हरेक विकास र परिवर्तनका सवालमा आफ्नो जोड रहने बताउदै पत्रिकाको उत्तरोत्तर प्रगतिको शुभकामना दिनु भयो ।

त्यस्तै सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले पत्रिकाकाे निरन्तर्ताकाे लागि काेष स्थापना गरि अगाडि बढाउने बताउनु भएको हाे।हाम्रो हमेशा सहयाेग र साथ रहिरहने बताउदै संकल्प प्रतिस्ठानसंग हातेमालो गर्दै अगाडि बढ्ने बताउनु भएको हाे।

त्यस्तै बालअधिकारकर्मी तथा प्याप्सन सरावलका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बालबालिका देशका कर्णधार भएको हुनाले हामी सबैजना मिली बालबालिकाहरुलाई अगाडि बढाउनुपर्ने बताउनुभएकाे हाे । यस भेगमा भएका समस्याहरुलाई उत्थान गरेर राष्ट्रिय अन्तराष्ट्रिय स्तर सम्म पुगोस र सत्य तथ्यमा आधारीत भएर निष्पक्ष रुपबाट कलम चलोस भन्दै पत्रिकाको प्रगतिको शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने वक्ताहरुले पत्रिकाको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख, विद्यालय प्र.अ, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

पत्रिका बिमाेचन तथा उदघाटन कार्यक्रममा नवनियुक्त नेपाल बाल संगठनका जिल्ला सभापति प्रितम पाैडेललाई सम्मान गरिएको थियाे भने बाल दिवसको अवसरमा संकल्प प्रतिष्ठानद्वारा अायाेजित जिल्ला स्तरीय बक्तृत्वकला प्रतियाेगितामा अावसिय माबि सुनवलकी छात्रा सम्झना सुवेदी प्रथम ,जनता मा.बि सरावल ६ भुजहवा छात्र राहुल मुराउ द्वतिय तथा अादर्श मा.बि सरावल १ खाेखरपुराकाे छात्र बिपिन देवकोटा तृतीय भएकोलाई नगद रु अाठ हजार,पाँच हजार र तीन हजार प्रमाण पत्र सहित प्रदान गरिएको हाे।

सरावल बालअावाज नामक मासिक पत्रिकाकाे अध्यक्ष तथा प्रमुख सम्पादक शुसान्त शर्मा घिमिरेको सभापतित्वमा सम्पन्न्न भएको कार्यक्रममा दामोदर देवकोटाले स्वागत मनतव्य राखेका थिए, भने कार्यक्रमको सञ्चालन सन्जय माैर्यले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot