उत्तमकुमार थापा
छविसपाथिभेरा गाउँपालिका–४ झुटेडाकी बिशु थापाले ८३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन्।
सोमबार बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय नेतृत्वको टोलीले शारीरिक रूपमा पूर्ण अशक्त रहेकी थापालाई घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको हो।
यातायातको सहज पहुँच नहुँनु र सदरमुकाम चैनपुरसम्म ल्याएर नागरिकता बनाउन सक्ने अवस्था नभएकाले थापाको घरमै गएर प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।
नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि थापा खुसी भएकि छन्। थापाको पहिले बनाएको नागरिकता एक वर्ष पहिला हराएकाले सामाजिक सुरक्षा भत्ता बीचमै रोकिएको छविसपाथिभेरा गाउँपालिका–४ का वडाध्यक्ष अम्मराज थापाले बताए।
उनले भने, ‘पहिला घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गथ्र्याै। अहिले बैंकमा जानुपर्ने भएकाले नागरिकता बिना बैंकले मान्दैन। नागरिकता हराएकाले भत्ता रोक्किएको थियो। अब फेरि पाउनुहुने भयो।’
नागरिकता प्राप्त भएसँगै अब थापाको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाटो समेत खुलेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

