Rashtriya Dainik

मृगौला पिडित राजा महत क्षेत्रीद्वारा सहयाेगकाे अपिल

उमेश बि.क / नवलपरासी , २६ चैत

पश्चिम नवलपरासीको सुनवल नगरपालिका १३ का राजा महत क्षेत्री हाल मृगौलाको समस्याले ग्रसित भै घरकाे आर्थिक अभावकाे कारण ओछ्यान परेका छन् ।

मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने रकमको अभावमा छटपटाइरहेका क्षेत्रीले सहयोगको अपील गरेका छन् ।

क्षेत्री रोगको अन्तिम चरणमा रहेको दुवै मृगौलामा नराम्ररी क्षति पुगेको उल्लेख गरिएको छ ।

उनकाे उपचार गर्न घरकाे आर्थिक स्थिति ज्यादै कमजोर रहेको छ । क्षेत्रीले आफ्नाे आर्थिकले भ्याए सम्म उपचारमा खर्च गरेका छन् । अब उनकाे मिर्गौला प्रत्यारोपण वा डायलासिसकाे लागि रु २५ देखि ३० लाख लाग्ने उल्लेख गरिएको छ ।

आर्थिक रुपमा आफू समस्यामा परेको र अब मिर्गाैला प्रत्यारोपण गर्न रकम अभाव भएको भन्दै उनले सहयोगीहरुबाट रकम सहायताको अपेक्षा गरेका छन् ।

अाफ्नाे बृद्ध अामा बुवा र श्रीमती तथा सन्तानको सहारा अाफु मात्र भएकोले मृगौलाकाे समस्याले पिडित क्षेत्री बाँच्न चाहान्छन् ।

उनले भनेका छन्, ‘जीवनको यो अन्तिम घडीमा एक पटक यहाँहरुबाट सहयोगको आश गरेको छु मलाई बचाउनु होस् ।’

उनकाे उपचारकाे लागि सहयोगी व्यक्ति तथा संघ संस्थाहरु संग आर्थिक सहयोगकाे लागि परिवारले अपिल गरेको छ ।

क्षेत्रीले सार्वजनिक गरेको विवरण अनुसार राजा महत क्षेत्री NIC ASIA BANK परासीकाे खाता नम्बर 1965751084603001 मा रहेको खातामा रकम पठाएर सहयोग गर्न सकिने छ ।


TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित