कृष्णनगर,२६ चैत्र
नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत कपिलवस्तुको कृष्णनगर नगरपालिकामा पनि भब्य रुपमा संचालन भैरहेको छ । मिसन ग्रासरुट कृष्णनगर नगरको जिम्मेवारी पाउनु भएकी एमाले केन्द्रिय सदस्य साजिदा सिद्दिकीको सक्रियतामा वडा र टोल कमिटी बिस्तार एवम जनता सङ भेटघाटका कार्यक्रम हरु भैरहेका छन ।
मिसन ग्रासरुट अभियान अन्तर्गत कृष्णनगर नगरपालिका वडा नं ४ सिर्सिहवामा वडा कमिटी गठन गरिएको छ । नेकपा एमाले कृष्णनगरका प्रभावशाली नेता कुनाल प्रताप शाहका निजि सहायक गौरब मणि त्रीपाठिको नेतृत्वमा वडा कमिटी गठन गरिएको बताइएको छ । एक कार्यक्रमका बिच गौरब मणि त्रीपाठिको नेतृत्वमा वडा कमिटी गठन भएको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य साजिदा सिद्दिकी, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, जिल्ला कमिटी सदस्य हरु सहितको उपस्थितिमा सर्ब-सहमति रुपमा त्रीपाठिलाइ अध्यक्ष बनाइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

