उमेश बि.क / नवलपरासी , २६ चैत
नयाँ वर्ष नजिकिएसँगै पश्चिम नवलपरासीको रामग्राम– ७ स्थित गौतम बुद्धको अष्टधातु रहेको पर्यटकीयस्थल रामग्राम स्तूपमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ।

नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा रामग्राम स्तूपमा भ्रमणका लागि आन्तरिक पाहुनाको दैनिक भीड लाग्ने गरेको छ ।

रूपन्देहीको लुम्बिनी र कपिलवस्तुस्थित तिलौराकोट भ्रमण गर्नेले अहिले बुद्धको अस्तुधातु रहेको रामग्राम स्तूप दर्शन र पूजापाठ गरेरमात्र र्फकन थालेपछि परिसरमा भीडभाड बढेको हो ।

अहिले नयाँ वर्षको पूर्वसन्ध्यामा स्तूप परिसरमा आन्तरि पर्यटनको चहलपहल बढ्न थालेको छ । स्थानीय सिकेन्द्र सहानीका अनुसार अहिले पाच सय भन्दा बढी आन्तरिक पर्यटक प्रत्येक दिन स्तुपमा भित्रिएका छन्।

बुद्धको देहावसानपछि उनका आफन्तले अस्तु ८ भागमा बाँडेका थिए । अस्तु कलशमा राखेर स्तूप बनाई पूजापाठ गर्ने गरेका थिए । बुद्धको मावली कोलीय गणराज्यका राजाले बसाएको सहर रामग्राम हो । भारत वर्षमा रहेका ८ स्तूपमध्ये तत्कालीन चक्रवर्ती राजा अशोक सम्राटले ७ स्थानको स्तूप उत्खनन गराई संसारका ८४ हजार स्थानमा पुर्याएका थिए ।




राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

