संजय कुशवाहा / नवलपरासी २६ चैत
पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले कुखुरा नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान प्रतापपुर गाउँपालिका वडा न. ३ अमहवा स्थिताट भारतबाट नेपालतर्फ अबैधरुपमा लग्दै गरेको ५ क्विन्टल कुखुरा १ लाख ६० हजार मुल्य बराबरको कुखुरा सशस्त्र प्रहरी वि ओ पि गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाको नेतृत्वमा खटिएकाे गस्ती टोलीले कुखुरा नियन्त्रणमा लिन सफल भएको हो ।
उक्त कुखुरा ल्याउदै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखेर बेवारिसे अवस्थामा छाडी मानिस भागेका थिए । नियन्त्रणमा लिइएको कुखुरा महेशपुर पशु क्वारेन्टाइनका पशु प्राविधिक , स्थानिय प्रतिनिधिहरूको रोहवरमा कुखुरा खाडल भित्र पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी गुठी परसौनीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

