Rashtriya Dainik

वैशाख १२ गतेदेखि केदारनाथ मन्दिर खुल्ने

एजेन्सी । आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिइएको छ ।

उत्तराखण्ड पर्यटन विकास परिषद्ले गत महिनाको प्रारम्भमा नै आगामी चारधाम तीर्थयात्राका लागि छ लाख ३४ हजार भक्तजन दर्ता भइसकेका जनाएको छ । सरकारी अधिकारीहरूले हिँडेर वा हेलिकप्टरबाट पनि केदारनाथ मन्दिरको यात्रा गर्न सकिने बताएका छन् ।

परिषद्का अनुसार केदाननाथ यात्राका लागि दुई लाख ४१ हजार र बद्रीनाथका निम्ति दुई लाख एक हजार, यमनोत्री जान ९५ हजार एक सय सात जना र गङ्गोत्रीको यात्राका निम्ति ९६ हजार चार सय ४९ जनाले आवश्यक प्रक्रिया पूरा गरेका छन् ।

उत्तरखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले तीर्थयात्रीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै विभिन्न स्थानमा स्वास्थ्यकर्मीको टोली खटाइने बताउनुभएको छ । यात्रा मार्गका ठाउँठाउँमा भक्तहरूको स्वास्थ्य परीक्षण गरिने उनले बताएका छन् ।

यसैबीच, रुद्रप्रयाग जिल्ला प्रशासनले चारधाम यात्रामा आउने श्रद्धालुको सुविधाका निम्ति विभिन्न शिविर स्थापनालगायत आवश्यक तयारी गरिरहेको छ । उत्तराखण्डको चारधाम यात्रा भारतको सबैभन्दा लोकप्रिय हिन्दू तीर्थस्थल मानिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित