महेश सिंह /सिरहा लहान, २२ चैत – मानव अधिकारको क्षेत्रमा बिगत लामो समय देखि काम गर्दै आएका महिला पुनः स्थापना केन्द्र ओरेक नेपाल लहानले ३१ बर्ष पुरा गरी ३२ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा बृहत कार्यक्रम गरी स्थापना दिवस मनाएका हुन्।
केन्द्रिय कार्यालय काठमाडौंबाट सुरु भएका न्याय र अधिकार का अभियान देश भरीमा १७ वाटा परियोजना कार्यालय मार्फद सेवा प्रवाह गर्ने गरेका छन्। स्थापना दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएका छन्।कार्यक्रममा छुट्टाछुट्टै ४ वाटा स्टल मार्फद मानव अधिकार तथा समाजिक न्याय,परिवर्तन न्याय तथा महिलाको नेतृत्व,गुणस्तरीय सेवा प्रभाव ज्ञान ब्यवस्थापन लगायत ओरेकको विषयमा १४० जना सहभागीलाई प्रामर्श दिएका छन्।
कार्यक्रममा मधेस प्रदेशको मान्य ललिता दास,लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरी,धनगढीमाई नगरपालिकाको उप-प्रमुख संगिता चौधरी,बिष्णुपुर गाउँपालिका प्रमुख सत्यनारायण यादव,उप प्रमुख गिता सिंह,धनगढीमाई नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत गोपाल प्रसाद वगाले लगायतका ब्यक्तीहरुको उपस्थिति रहेको लहान परियोजनाको संयोजक अनिता चौधरीले जनाए ।
२०२२ जनवरी देखि २०२३ मार्च सम्मा जम्मा १३७ वाटा घटनाहरुमा पहल गरेको तथ्यांक सार्बजनिक गरेको ओरेक नेपालकी प्रतिनिधि संगिता बिश्वकर्माले बताए।महिलाको जिवनमा आई पर्ने समस्या सामाधानको लागी आफ्नै स्थानीय घर आगनमा उत्पादन भएको विभिन्न प्रकारको जडिबुटी प्रयोग गरी शारीरिक रूपमा स्वास्थय रहन प्रामर्श सेवा प्रदान गरिएको हो।कार्यक्रममा ३ जना ब्यक्तीलाई मनोविमर्श सेवा प्रदान गरिएको नितु चौधरीले जनाए।

कार्यरत कर्मचारी अनिता चौधरी,संगिता बिश्वकर्मा,बिभा यादव,कविता जेस्वाल,नितु चौधरी,जानकी यादव लगायतका कर्मचारीहरुले साझ अफिसर अगाडी रंगोली बनाएर स्थापना दिवस मनाउन दीप र मैनवती प्रज्वलन गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

