Rashtriya Dainik

सुस्तामा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी समीक्षा एवं अन्तरक्रिया

अारपि उपाध्याय / नवलपरासी , २० चैत

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाकाे आयोजनामा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी समीक्षा एवं अन्तर्कृया कार्यक्रम सुस्ताको कुडियामा सम्पन्न भएको छ।

सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका पालिका अध्यक्ष टेकनारायण उपाध्यायले सहमती सहकार्य एकता र मेलमिलाप पुर्वक गरिने क्रियाकलाप नै सहकारी रहेको धारणा राख्दै सुस्ता गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरुलाई विधि सम्मत ढंगले सञ्चालन गरिनु पर्ने बताउदै सहकारी मापदण्ड विपरीतका संस्थालाई कानुनको दायरामा ल्याइने जिकिर गर्नुभयो।

सो अवसरमा सुस्ता गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीले सेयर सदस्यहरुको हक,हितलाई ध्यानमा राखी गरिने कार्यबाट सहकारी संस्थालाई गन्तव्यमा पुर्याउन सहज हुने हुँदा आर्थिक अनुशासनलाई कायम गरि सहकारीहरुलाई परिणाममुखी बनाउन सबैमा आग्रह गर्नुभयो।
राष्ट्रिय सहकारी दिवसको अवसरमा सुस्ता गाउँपालिका अन्तर्गतका ३ सहकारी संस्थाहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो। सम्मानित हुने सहकारी संस्थाहरुमा अनमोल सहकारी संस्था, सुस्ता २ सतपत्ती, बाटिका कृषि सहकारी संस्था, सुस्ता २ रुपौलिया र नारायणी कृषि सहकारी संस्था सुस्ता ३ मर्चहवामा रहेको छ।

सो अवसरमा जुनेली कृषि सहकारी संस्था सुस्ता ५ कि प्रमिला धोबी, बाटिका कृषि सहकारी संस्थाका मेघनाथ आचार्य, सङ्गालो कृषि सहकारी संस्था सुस्ता ५ का राजेस प्रसाद कोइरी, सहकारी सञ्जाल सुस्ताका अध्यक्ष डिल्लीराम काफ्ले, सुस्ता १ का वडा सदस्य गणेश प्रसाद उपाध्याय लगायतले सहकारी गतिविधिमाथी प्रकाश पार्नुभएको थियो।

“सहकारीको दिगोपन स्वनियमन र सुशासन” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा सुस्ता गाउँपालिका अन्तर्गतका २१ सहकारी संस्थाका प्रतिनिधि र व्यवस्थापकहरुको उपस्तिथि रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित