Rashtriya Dainik

कामै नगरी करोडौं रकम निकाशा गरेको खुलासा

लहान २० चैत – जनतालाई मुर्ख बनाउदै अँखामा झुल झोकेर बरियारपट्टी गाउँपालिकामा फर्जी सरुवाको चिट्ठीमा उपस्थित भएका प्रमुख प्रशास्किय अधिकृत सुजित कुमार यादवले बिगत केहि महिना अगाडि सिरहाको मिर्चैया नगरपालिकाको
प्रमुख प्रसासकिय अधिकृत रहेका सुजित कुमार यादवको नाउँमा बरियारपट्टी गाउँपालिकाको अबैध खाता संचालन गरी गापा अध्यक्ष सन्तोष कुमार महतोको मिलोमतोमा दर्जनौं चेकबाट करोडौं रकम निकासा गरी भ्रष्टाचार गरेको तथ्य फेला परेको छ्।

प्रमुख प्रसाशकिय अधिकृत सुजित कुमार यादवको सरुवा मन्त्रालयले २०७९/१२/१० मा मिर्चैया नगरपालिकाबाट मुख्य मन्त्री कार्यालय जनकपुरमा भएको प्रमाणको लागी चिट्ठी सुरक्षित रहेको छ।

चैत १० गते सम्म मिर्चैया नगरपालिकामा कार्यरत अधिकृत सुजित कुमार यादव बरियारपट्टी गाउँपालिकामा समेत फर्ची चिट्ठी बनाएर बरियारपट्टी गापामा उपस्थित अधिकृत यादव पालिका अध्यक्ष सन्तोष कुमार महतो,उपाध्यक्षको श्रीमान सुमन कुमार यादवको मिलोमतोमा प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार यादवको नाउँमा पालिकाको खाता संचालन गरी दर्जनौं चेकबाट करोडौं रकम निकाशा गरेको खुलासा भएको छ।

स्थानीयका अनुसार बरियारपट्टी गाउँपालिकाका सर्बसाधारण जनताहरुले जनकार्वाहीको लागी पुर्ण तयारी गरि रहेको जनाए छ। जनप्रतिनिधिहरुलाई चेतावनी समेत दिदै अधिकृत यादव उपस्थित भए पालिकामा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित