अारपि उपाध्याय / नवलपरासी , १९ चैत
पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर ३ र आसपासका ईलाका चितुवा देखा परेपछी स्थानियबासीहरु त्रसित भएका छन ।
सुस्ता वडा नम्बर ३ अन्र्तगत बालुवा टोलमा चितुवा देखा परेपछी चितुवाको भयले गाउका सबै सर्वसाधारण साँझ परेपछी घरबाट बाहिर निस्कन छोडेको स्थानिय महेन्द्र भेडिहारले जानकारी दिनुभएको छ ।
चितुवाले गाउका कुकुर र विरालो मारेर खाइसकेको र अब आफुहरुलाई पनि आहार बनाउछ कि भन्ने त्रासमा रहेकोमा रहेको हुदा सुर्यास्त भएपछि बाहिर निस्कन छोडेको भेडिहारले जानकारी दिनुभयो ।
चितुवाको त्रास बढेपछी आफुहरु स्थानिय सरकारको हार गुहार गर्न थालेको बताउनुभयो । सुस्ता र प्रतापपुर गाउपालिका बीचको भाग र उखु आसपासको ईलाकामा पनि चितुवा फेला परेको र उक्त चितुवा नियन्त्रणका लागी सुस्ता ३ का वडाध्यक्ष हरिलाल दुषाद मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको स्थानियबासीहरुले बताएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

