Rashtriya Dainik

पर्सामा लागू पदार्थ ट्याबेलेट नोरफिन र गाजा बरामद

हरिकिशोर शर्मा /जिराभवानी , १७ चैत

पर्साको जिराभवानी गाउँपालिकाबाट शास्त्र प्रहरीले प्रतिबन्धित लागू पदार्थ ट्याबेलेट नोरफिन र गाजा बरामद गरेको छ ।

सशास्त्र प्रहरी बोडर आउट पोस्ट महादेवपटिबाट सशास्त्र प्रहरी निरीक्षक शम्भु ढुगेलको नेतृत्वमा रहेको सशास्त्र प्रहरीको टोलिले नियमीत चेक जाचको क्रममा भारतबाट ल्याउन क्रममा जिराभवानी गाउँपालिका वडा न १बलुवाबाट ठोरी जाँदै गरेको साइकलमा चेक जाँच गर्दा १५० पिस ट्याबलेट र नोरोफिन १५ पिस बरामद गरेको हो ।

भारतबाट अबैध रुपमा नेपाल भित्र्याइ ठोरि लेजानका लागि साइकलमा लोड गरिएको सुचना प्राप्त भएपछि सशास्त्र प्रहरीले चेक जाँच गर्दा साइकल उत्त परिमाण लागु पदार्थ बरामद गरेको सशास्त्र प्रहरी बल १३ नाम्बर हेड कवाटर पर्साले जनाएको छ ।

बरामद गरिएको स्थानीय भद्रभलादमि र सन्चारकर्मिको रोहवरमा बोडरआउट पोस्टमा राखिएको छ सशास्त्र प्रहरी बल १३ नाम्बर गणका सशास्त्र प्रहरी उपरिक्षक सुमन थापलियाले जनकारी दिनु भयो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित