Rashtriya Dainik

नेपाल पत्रकार महासंघकाे ६८ औँ स्थापना दिवसकाे अवसरमा परासीमा प्रभातफेरी

राष्ट्रिय दैनिक / नवलपरासी, १६ चैत ।

नेपाल पत्रकार महासंघले आफ्नो ६८ औ स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रभातफेरी गरेको छ ।

पत्रकार महासंघ नवलपरासी शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरी परासीका विभिन्न स्थान परिक्रमा गरेर बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पेशागत चुनौतीलाई एक जुट भएर सामना गर्ने र व्यावसायिक र मर्यादित पत्रकारितालाई अगाडि बढाउनुपर्ने बताए । पत्रकारिता भित्र उठेका प्रश्नलाई पनि स्विकार्दै विश्वसनीय पत्रकारिता अभिवृद्धि गर्नेतर्फ लाग्न उनले सबैलाई आग्रह गरे ।

नेपाल पत्रकार महासंघले स्थापना दिवसको अवसरमा आयोजना गर्दै आएको प्रभातफेरि पहिलो पटक उपत्यका बाहिर गरेको हो । बिहीबारै केन्द्रीय समितिको ८ औ पुर्ण वैठक भगवान गौतम बुद्धको एकमात्र सिंगो अस्तु रहेको ऐतिहासीक स्थल रामग्राम स्तुपमा बसेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित