कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नम्बर ११ मा अवस्थित पटना आदिशक्ति देवी मन्दिरमा भव्य मेला तथा विशाल भण्डारा कार्यक्रम सम्पन्न भएको छ । चैत्र नवरात्रीको अवसरमा आदिशक्ति देवी मन्दिर संरक्षण समितिले मेला तथा विशाल भण्डाराको आयोजना आयोजना गरिएको जनाइएको छ । पटना गाउँमा अवस्थित यो देवी मन्दिर माता जगदम्बाको पवित्र स्थल हो ।
यो आदिशक्ति देवी मन्दिरको स्थापना बि.सं.२०१६ मा स्थापना गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ । यस स्थानमा माता जगदम्बा आदिशक्ति देवीको प्रतिमा आफै निस्केको जनविश्वास रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष मङ्गरे प्रसाद यादवले बताउनुभयो ।
आज पटना आदिशक्ति देवी मन्दिर मेला र रात्री भक्ति भजन, किर्तनसहित साँस्कृतिक कार्यक्रम रहेको मेला समितिका अध्यक्ष राम फेरई हरिजनले जानकारी दिनुभयो ।
आगामी दिनमा आदिशक्ति देवी मन्दिरको प्रचारप्रसारको साथै अझै व्यवस्थित र भव्य रुपमा भण्डारा, भजनकिर्तन, साँस्कृतिक कार्यक्रमसहित आगाडी बढ्ने वडा अध्यक्ष जीवन कुमार श्रीवास्तवले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

