Rashtriya Dainik

नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

बिनोद निगम / नवलपरासी ,१६ चैत

हिन्दु स्वयं सेवकले राम नवमीको अवसरमा आज नवलपरासीमा भव्य मोटरसाईकल रैली तथा शोभा यात्रा निकालेका छन् ।

पश्चिम नवलपरासीमा रामनवमीको अवसरमा पहिलो पटक भव्य शोभा यात्र निकालिएको छ । हिन्दुधर्मावलम्बी संघसंगठन तथा युवाहरुले ठूलो संख्यामा नवलपरासीमा भगवान रामको शोभा यात्रा निकालेका हुन् ।

भगवान रामको नारासहित निकालिएको शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरिएको थियो । गाउँगाउँबाट हिन्दुवादी संगठनका प्रतिनिधि तथा युवाहरु सहभागि थिए ।

हिन्दु धर्मावलम्बीहरुको लागि भगवान श्रीरामको जन्मोत्सवको अवसरमा नवलपरासीका विभिन्न क्षेत्रमा मनाइने राम नवमीको अवसरमा जय श्रीरामको नारासहित हिन्दु स्वयं सेवकले शोभायात्रा निकालेका हुन् ।

यस्तै नवलपरासीको महेशपुर सहित मधेशका जिल्लाका सदरमुकामहरुमा पनि जय श्रीराम, जय हनुमान नारासहित शोभा यात्रा निकालेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित