Rashtriya Dainik

शिक्षक भेटघाट एवं परिचयात्मक बैठक त्रिवेणीको शिवपुरगढीमा सम्पन्न

अारपि उपाध्याय / नवलपरासी , १६ चैत

नेपाल निवृत्त शिक्षक समाज विनयी त्रिवेणी नवलपुरको आयोजनामा शिक्षक भेटघाट एवं परिचयात्मक बैठक त्रिवेणीको शिवपुरगढीमा सम्पन्न भएको छ।

निवृत्त शिक्षक समाज विनयी त्रिवेणी गाउँ पालिकाको अध्यक्ष बालकृष्ण भुषालको अध्यक्षतामा आयोजित परिचयात्मक बैठकमा समाजका नवलपुर जिल्लाका उपाध्यक्ष शालिकराम तिमिल्सिनाले निवृत्त शिक्षकहरुले पनि शिक्षाको गुणस्तर वृद्धिमा रचयात्मक सुझाव,सल्लाह दिने काममा कहिल्यै पछाडी नपर्ने कुरामा जोड दिनुभएको थियो।

बैठकमा सारा जीवन शिक्षा क्षेत्र प्रती समर्पित गरि निवृत जीवन बिताइरहेका शिक्षकहरू अझैपनी आफुमा भएको बाकी उर्जालाई रचनात्मक ढङ्गबाट समाज र राष्ट्रलाई दिन तैयार रहेको उपस्थित निवृत्त शिक्षकहरुले बताएका थिए।

२०५७ सालमा स्थापना भएको नेपाल निवृत्त शिक्षक समाजले विभिन्न जिल्लाहरूमा अधिवेशन गरिसकेको र केही जिल्लामा अधिवेशन गर्ने तैयारी भैरहेको जानकारी गराइएको छ। विनयी त्रिवेणी गाउँपालिकामा हाल ४० जना सेवा निवृत्त शिक्षक रहेको र आगामी दिनहरुमा सबै निवृत्त शिक्षकहरुलाई समाजमा आवद्ध गर्ने योजना भैरहेको सचिव खेमराज तिमिल्सिनाले बताउनु भएको छ।

सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ का सेवा निवृत्त शिक्षकहरुको पनि उपस्थिति रहेको थियो। सेवा निवृत्त शिक्षकहरुलाई विधान सम्मद ढङ्गबाट नेपाल निवृत्त शिक्षक समाजमा आवद्ध गरिने लगायत निर्णय भएको बुझिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित