Rashtriya Dainik

पश्चिम नवलपरासीकाे प्रतापपुर ५ मा गाेली चल्याे

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ चैत

पश्चिम नवलपरासीको दक्षिणी सिमावर्ती क्षेत्रमा प्रहरी र स्थानीयवासी बीच झडप हुदा प्रहरीले ३ राउण्ड गाेली चलाएकाे छ ।

प्रहरीले एक स्थानीय युवकलाई नियन्त्रणमा लिनका लागि गरेकाे प्रयासकाे विराेधमा स्थानीयवासी प्रतिकारमा उत्रेपछि भएकाे झडप नियन्त्रण गर्नका लागि प्रहरीले ३ राउण्ड फायर गरेकाे ईप्रका बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रसाद यादवले बताएका छन् ।

युवकसंग भेटिएकाे १० लाख नगद रकमकाे श्राेत खाेलाउन माग गरिएकाे र अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लैजान खाेज्दा स्थानीयले अवराेध गरेकाे प्रहरी निरीक्षक यादवले बताएका हुन्।

नीजि पैसा बैंकमा जम्मा गर्नका लागि हिडेका प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का युवकलाई प्रहरीले बाटाेमा राेकेर नियन्त्रणमा लिन खाजेकाे आराेप स्थानीयवासीकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित