बिनोद निगम / नवलपरासी , १६ चैत
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
आज बिहान करिब साढे ६ बजेको समयमा पाल्हीनन्दन -४ स्थित वैरवाको आँप र बाँसघारीको बगैंचामा बाघले एक्कासि आक्रमण गरेको हो ।
बाघको आक्रमणमा परि सोही स्थान बस्ने ४५ वर्षीय गजेन्द्र कोईरी र वडा नं. ६ लंगडिपाकड बस्ने १८ वर्षीष सम्पत भर घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
कोईरीको मुख,नाक र ओठमा चोट लागेको छ भने भरको खुट्टामा चोट लागेको र दुवैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
घाइतेहरुको पाल्हीनन्दन अस्पताल लोहरौलीमा उपचार भईरहेको छ । बाघ अहिले पनि सोही बगैंचामा लुकेर बसेकाले वन कार्यालयको प्राविधिक टोली नियन्त्रणको लागि घटनास्थलतर्फ प्रस्थान गरेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

