उत्तमकुमार थापा/ बझाङ ,११ चैत
दुर्गाथली गाउँपालीकामा ४५ दिने हातेहाेजियारी सीप विकास तालिमकाे उद्घघाटन गरिएको छ ।
जिल्लाकाे दुर्गाथली गाउँपालीका वडा नम्बर ४ मा ४५ दिने हातेहाेजियारी सिप विकास तालिमको उद्घघाटन भएको हाे । एक कार्यक्रमका विच,गाउँपालीकाकाे वडा नम्बर ४ मा रहेकाे वडा कार्यालय भवनमा उद्घघाटन गरिएको थियाे ।
गाउँपालीकामा सञ्चालीत तालिममा स्थानीयतहका गरिव विपन्न दलित लगाएत एकल पिडित महिलाहरुलाई तालिम सञ्चालन गरिएको हाे । दुर्गाथली गाउँपालीकाकाे आर्थिक सहयाेगमा सञ्चालन भएको कार्यक्रम ४५ दिन सम्म चल्ने कार्यक्रमका प्रशिक्षक भगवती बस्नेतले बताए ।

कार्यक्रममा गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष शिवराज जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३ का अध्यक्ष रमेश बाेहरा सहित तालिम लिने,महिलाहरु उपस्थित रहनुभएकाे थियाे । कार्यक्रम सञ्चालन गाउँपालीका लघु उद्यमा सहजकर्ता प्रदिप खड्काले गर्नुभएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

