अारपि उपाध्याय / नवलपरासी , ११ चैत
विश्व सनातन धर्म केन्द्रीय समितिको आयोजनामा चितवन माणी नगरपालिका अन्तर्गत वाल्मीकि आश्रममा सञ्चालन भैरहेको रामायण महायज्ञको चौथौ दिन पनि ठूलो संख्याको भक्तजनहरुले आश्रमको अवलोकन र कथा श्रवण गरेका छन।
वाल्मीकि आश्रम विकट स्थानमा रहेपनी धर्मप्रती आस्था रहेकै कारण भक्तहरुको दिनप्रतिदिन बाक्लो उपस्थितिले महायज्ञको रौनक बढाएको मुल समितिको अध्यक्ष दिपक रायमाझीले जानकारी दिनुभएको छ।

महायज्ञ स्थल वाल्मीकि आश्रममा नवलपरासीका सञ्चारकर्मीहरुसङ्गको कुराकानीमा केन्द्रीय समितिका अध्यक्ष रायमाझीले वर्षौंदेखि उपेक्षित आश्रमको विकासको लागि रामायण ज्ञान महायज्ञको आयोजना गरिएको बताउदै आश्रममा रहेका पौराणिक कालिन सामाग्रीले पनि तिर्थ स्थलको महत्व बढेको बताउनु भयो।
जगत जननी सीता माताले पानी भर्ने कुवा,सिलौटा,हजारौं ऋषिद्वारा गरिएको हवनकुण्ड,घोडा बाधिएको किला, वाल्मीकि ऋषिको हवनकुण्ड लगायत पुरातात्त्विक सामाग्री हालको समयमा पनि पाइनुलाइ आश्रमप्रती तिर्थालुको आकर्षण बढेको रायमाझीले बताउनु भयो।

रायमाझीले झोलेङ्गे पुल बने पनि बाटो नभएको कारण पुल अर्थहीन रहेको बताउदै नेपाल सरकारको लगानीमा बनेको झोलुङ्गे पुलबाट आवतजावत नहुनु चिन्ताको विषय बनेको बताउनु भयो।
२०५४ सालको रामनवमीको दिनदेखी सीता माताको मन्दिर निर्माण गरि वार्षिक पुजाको कार्यक्रम सञ्चालन भइ हालसम्म पनि कायमै रहेको रायमाझीले प्रष्ट्याउनु भयो।
एक प्रश्नको जवाफ दिदै अध्यक्ष रायमाझीले आश्रम वरिपरि बसेका सुकुम्बासी परिवारको आवास निर्माण गर्न आएको ११ लाख रुपैयाँ पनि चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण आवास बनाउन नसकिएको प्रतिक्रिया दिदै २४ वर्ष पुर्व नै गुरुयोजना समेत बनिसकेकोमा उक्त गुरुयोजना अनुसारको कार्य हुन नसक्नु चिन्ताको विषय बनेको बताउदै नेपाली भुमिमा रहेको तिर्थ स्थललाइ हामीले नै योजनाबद्ध रुपमा विकास गर्नु हाम्रो जिम्मेवारी र कर्तव्य रहेको रायमाझीले बताउनु भयो।

पत्रकार भेटघाटमा अध्यक्ष रायमाझीले त्रेता युगमा मर्यादा पुरुषोत्तम रामको कीर्ति र कर्म सङ्ग जोडिएको तिर्थ भएकोले यो तिर्थ स्थल सङ्ग धार्मिक पर्यटन पनि जोडिएको हुँदा रामायण महायज्ञ नै प्रचारप्रसारको मुल माध्यम भएकोले रामायण ज्ञान महायज्ञ आयोजना गरिएको पनि जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

