Rashtriya Dainik

रामायण ज्ञान महायज्ञको तेस्रो दिन पनि ठुलो संख्यामा भक्तजनले कथा श्रवण

अारपि उपाध्याय / नवलपरासी , १० चैत

चितवन जिल्ला अन्तर्गत माणिनगर पालिकाको बाल्मीकी आश्रममा संचालन भैरहेको रामायण ज्ञान महायज्ञको तेस्रो दिन पनि ठुलो संख्यामा भक्तजनले कथा श्रवण गरेका छन् ।

पुर्वी नवलपरासी त्रिवेणी धाम पारी चितवन राष्ट्रिय निकुञ्ज संग जोडिएको बाल्मिकी आश्रममा सञ्चालन भैरहेको रामायण ज्ञान महायज्ञमा १००८ स्वामी श्री हरी प्रपन्नाचार्यले कथा वाचन गरिरहनु भएको आयोजक संस्थाका केन्द्रिय अध्यक्ष दिपक रायमाझीले जानकारी दिनुभएको छ ।

बिश्व सनातन धर्म स्थापनार्थ मुल समितिका अध्यक्ष रायमाझीले ओझेलमा परेको बाल्मिकी आश्रमको प्रचार प्रसार गरी पुरात्तात्विक एवं धार्मिक पर्यटकिय स्थलको रुपमा बिकाश गर्ने उद्धेश्यले रामायण ज्ञान महायज्ञको आयोजना गरिएको जानकारी दिनुभएको छ ।

बाल्मिकी आश्रममा रामायण ज्ञान महायज्ञ कथा श्रवण एवं आश्रमको अवलोकन गर्न जाने नेपालीहरु व्यारेज पुल हुदै भारतिय सुरक्षाकर्मीको कडा निगरानीमा यात्रा गरी जानु पर्ने बाध्यता छ भने केही नेपाली भक्तजन नारायणी नदीमा डुगां बाट जोखीमपुर्ण रुपमा यात्रा गरि आश्रम पुग्ने गरेको पनि जानकारी प्राप्त भएको छ ।

त्रिवेणीधाम बाट आश्रम पुग्न २ बर्ष पुर्व झोलुगें पुलको निर्माण भैसकेपनि आश्रम पुग्न निकुञ्जको जङ्गलमा बाटो नभएको र बाटो निर्माण गर्न चितवन राष्ट्रिय निकुञ्जको कानुनी जटिलताका कारण झोलुंगे पुलबाट आवतजावत शुन्य नै रहेको बुझिएको छ । आश्रममा बृहत महायज्ञ हुदा नेपाली भक्तजन डुगांको जोखीमपुर्ण यात्रा नगरी भारत भुमिको नै यात्रा बाध्यता पुर्वक गरिएको बिनयी त्रिवेणी ७ का बिरेन्द्र कुमार महतले दुखेसो पोख्नु भयो ।

बाल्मिकी आश्रम जाने नेपाली तिर्थालुहरु को मोटरसाईकलसङ्ग भारतीय वन कार्यालयका कर्मचारीहरुले प्रती मोटरसाइकल रु.१६ र चारपांग्रे सवारी साधनको प्रती सवारीसाधनबाट प्रती साधन रु.८० लिने गरेबाट आश्रम पुग्ने नेपाली तिर्थालु संग भारतीय बन विभागले चरम शोषण गरिरहेको जानकारी पनि प्राप्त भएको छ ।

यस तर्फ नेपाली पक्ष गम्भीर नभएको हो वा जानकारी प्राप्त नभएको हो भन्ने बारे गहन अध्ययन गरी तत्काल निकाशको बाटो खोजिनु पर्ने माग पनि गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित