अारपि उपाध्याय / नवलपरासी , १० चैत
पश्चिम नवलपरासीको सुस्ता गाउपालिकाको आयोजनामा विश्व क्षयरोग दिवसको अवसर पारि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सम्पन्न गरिएको छ ।
सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले सबैको सकृय सहयोग बाट क्षयरोगलाई अन्त्य गर्न सकिने बताउदै उहाँले रोग नियन्त्रण अभियानमा स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले खेलेको भुमिका प्रशंसनिय रहेको धारणा राख्नुभयो ।
सोही अवसरमा सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा सुस्ता गाउपालिका स्वास्थ्य शाखा प्रमुख निर्मला देवी कुश्वाहाले आर्थिक बर्ष ०७९, ८० मा सुस्ता गाउपालिकामा महिला ९ र पुरुष २० गरि कुल २९ जना क्षयरोगका विरामी रहेको जानकारी गराउदै नियमित औषधी सेवनले क्षयरोगलाई निको पार्न सकिने बताउनुभयो ।
सुस्ता गाउपालिका अन्तर्गत स्वास्थ्य चौकी ४, आधारभुत स्वास्थ्य केन्द्र १ र स्वास्थ्य ईकाई १ वटा रहेको कुश्वाहाले जानकारी दिनुभयो । “सबै मिलि क्षयरोगलाई अन्त्य गरौँ” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा वडा तथा पालिकाका जनप्रतिनिधि, सरोकारवाला निकाय लगायत पालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

