Rashtriya Dainik

नवलपरासी शिक्षक संघको अध्यक्षमा भोजराज चापागाईं

राष्ट्रिय दैनिक / नवलपरासी , १० चैत

नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ पश्चिम नवलपरासीको अध्यक्षमा भोजराज चापागाईं चयन हुनुभएको छ ।

नेपाल शिक्षक संघ, नवलपरासीकाे ९ औं अधिबेशनबाट अध्यक्षमा चापागाईं १६० मतले बिजयी हुनुभएको हाे ।

चापागाईंले ३८५ मत प्राप्त गरि २२५ मत प्राप्त गर्ने अध्यक्ष पदका अर्का उम्मेदार वृजराज कुशवाहालाई पराजित गराउदै विजयी हुनुभएकाे हाे । 

त्यस्तै उपाध्यक्षमा अरबिन्द्र कुमार पाठक, सचिबमा इन्द्र बहादुर चौधरी , अर्थ सचीवमा कुन्जबिहारी चौधरी , सहसचिवमा अर्जुन प्रसाद पाण्डे बिजयी हुनु भएको छ । त्यस्तै जिल्ला सदस्यमा खुल्लामा बिरेन्द्र कुमार यादव, गोबिन्द प्रसाद पाण्डे, नारद ठाकुर, ध्रुब आचार्य बिजयी हुनु भयो ।

प्रदेश अधिवेशन प्रतिनिधि खुल्लामा इन्देश गुप्ता, चुडामणि भण्डारी, प्रदिप कुमार चौधरी, भविश्वर पाण्डे बिजेता हुनु भएको छ भने संघीय महाधिवेशन प्रतिनिधि महिलामा मनमाय गुरुङ्ग र ओम कुमारी चौधरी बिजयी हुनु भयो ।

संघीय महाधिवेशन प्रतिनिधि खुल्लामा पशुपति चौधरी, चेतनाथ पौडेल, बिनोद ज्ञवालीले बिजयी हुनु भयो । ७३१ मतदाता रहेकोमा ६२० जनाले मतदान गरेका थिए ।

नेपाली कांग्रेस पश्चिम नवलपरासी प्रष्ट दुई समूहमा विभाजित छ । ती समूहको नेतृत्व कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व गृहराज्यमन्त्री देबेन्द्र राज कण्डेल र नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालले गर्छन् । यी दुई समूहबाट नेपाल शिक्षक संघ नवलपरासीकाे ९ अाैँ जिल्ला अधिवेशनमा आ–आफ्नो कित्ता जारी गरेर चुनाव लडेको छर्लङ्ग देखिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित