Rashtriya Dainik

लाखौंको भवन प्रयोग बिहिन : बर्थिङ सेन्टर संचालन नहुँदा सुत्केरी गराउनलाई समस्या

दोरेन्द्र खड्का /बझाङ
जयपृथिवी नगरपालिका वडा न २ का सुत्केरी महिलालाई घर नजिकै रहेको आधरभुत स्वास्थ्य सेवा केन्द्र मा बर्थिङ सेन्टर सञ्चालन नहुँदा समस्या भएको छ । आधरभुत स्वास्थ्य सेवा केन्द्र र सुत्केरी गराउने दुई जना स्वास्थकर्मी भए पनि बर्थिङ सेन्टर संचालन नहुँदा सुत्केरी हुने महिलालाई समस्या हुने गरेको स्थानीय महिलाहरू बताउन्छन ।
सुदूरपश्चिम प्रदेश सरकारको १६ लाख लागतमा२०७६ साल जेठ महिनामा निर्माण सम्पन्न भएको यो बर्थिङ सेन्टरमा अहिलेसम्म संचालन नभएको स्थानीय दिपक खड्का ले बताए। 
करिब २ हजार जनसङ्ख्या रहेको जयपृथिवी नगरपालिका २ मा बर्थिङ सेन्टर संचालन नहुँदा सुत्केरी सेवा लिन महिलालाई जिल्ला अस्पतालमा लैजानु पर्ने बाध्यता रहेको छ ।
जयपृथिवी नगरपालिका ले बर्थिङ सेन्टर सञ्चालन गर्न दुई जना स्वास्थ्यकर्मीको व्यवस्था गरेपनि वडा अध्यक्ष ले बर्थिङ सेन्टर संचालन गर्नमा चासाे नदिए पछि बर्थिङ सेन्टर संचालन गर्न नसकिएको आधरभुत स्वास्थ्य केन्द्र का इन्चार्ज बिजय मलासि ले बताए । ,,,,,,,,,
भौतिक सुविधा हुदा हुदै पनि नीतिगत रूपमा निर्णय नभए पछि बर्थिङ सेन्टर सञ्चालन नभएको उनले बताए । नगरपालिका लाई पनि यस बारेमा आफुहरूले जानकारी गराइसकेको उनले बताए ।
मोर्तोली आधरभुत स्वस्थ केन्द्र मा प्रत्येक महिना नयाँ तीनं जना सहित कम्तीमा १० जना महिलाले नियमित गर्भ परीक्षण गर्ने गरेको अ न मि बिनिता अाेलि ले बताउनु भयाे । उनले ती सबै महिला सुत्केरी गराउनको लागि भने जिल्ला आस्पताल सिमखेत लैजानु पर्ने बाध्यतामा रहेको बताईन ।
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रूपमा परिभाषित गरेको छ। संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने उल्लेख छ।
यो हक कार्यान्वयनका लागि विभिन्न ऐन/नियम लागू भएका छन्। तिनैमध्येको एक हो-सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन-२०७५ उक्त ऐनको दफा ५ र ६ मा गर्भवती सेवा प्राप्त गर्ने र प्रसूति सेवा दिनुपर्ने व्यवस्था छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित