Rashtriya Dainik

मायादेवीमा मेलमिलाप सम्बन्धि तालिम

तुलसीराम पौडेल / मायादेवी ,१० चैत

रुपन्देहीको मायादेवी गाउँपालिकामा मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धि २ दिने पुनर्ताजगी तालिम बिहीबार एक कार्यक्रमका बीच शुरु भयो ।

न्याय समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष नर्मदा देवि उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले यस तालिमबाट गाउँ घरमा आइपर्ने झै झगडा तथा मुद्दा अदालत नगैकन वडा स्तर तथा पालिकामै मिलाउन सहज हुने बताउनु भयो।

दुई दिनसम्म चल्ने तालीमको सहजीकरण अधिवक्ता श्याम अर्याल र मनोज कुमार चौधरीले गर्नुहुनेछ। तालिममा गाउँपालिकाका सम्पूर्ण वडाका गरि ३५ जना मेलमिलाप कर्ताहरु सहभागी भएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित