अारपि उपाध्याय / नवलपरासी , ९ चैत
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत नेपाल प्रहरीको दाउन्ने चेक पोस्टले स्कुटी चेकजाँच गर्दा लागूऔषध सहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय (ब.स.पु.) को मातहत दाउन्ने चेक पोस्टले पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०४/००१प५५६७ नम्बरको स्कुटी रोकि चेकजाँच गर्दा लागुऔषध सहित दुई युवालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभएको छ।
चेकजाँचको क्रममा प्रहरीले पुर्वी नवलपरासी हुप्सेकोट नगरपालिका ४ झ्यालबास बस्ने वर्ष २७ को कमल पुरासैनी र पछाडी बस्ने वर्ष २२ को प्रविण मश्राङ्गीको साथबाट डाइजो पाम ३७एमपुल, नुफिन ३७ एमपुल, फेरागन ३७ एमपुल बरामद गरेको प्रहरीले बताएको छ। प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको अभियुक्तहरूलाई थप अनुसन्धान कार्य गरिरहेको बताइएको छ।
पश्चिम नवलपरासीको विभिन्न सुरक्षा चेक पोइन्ट छलेर दाउन्ने पुगेका लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरुले जिल्लाको दक्षिणी सिमा नाकाबाट लागुऔषध ल्याइएको अनुमान गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

