Rashtriya Dainik

नेपाल शिक्षक संघ नवलपरासीमा कसले मार्ला बाजी ? सुरु हुन लाग्यो मतगणना

राष्ट्रिय दैनिक / नवलपरासी , ९ चैत

नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ पश्चिम नवलपरासीको नयाँ कार्यसमिति चयनका लागि आज भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ नवलपरासीकाे ९ अाैँ जिल्ला अधिवेशनकाे मत सम्पन्न भए पश्चात अहिले मतगणना कार्य सुरु गर्नकाे लागि नीति निर्माण भएको निर्वाचिन समितिले जानकारी दिइएको छ ।

७३१ मतदाता रहेकोमा ६२० जनाले मतदान गरेका छन् । जुन कुल मतको करिब ८४ प्रतिशत रहेको छ।

सर्वसम्मतका लागि प्रयास भएपनि त्यो विफल भएपछि आज मतदान गराइएको हो ।

नेपाली कांग्रेस पश्चिम नवलपरासी प्रष्ट दुई समूहमा विभाजित छ । ती समूहको नेतृत्व कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व गृहराज्यमन्त्री देबेन्द्र राज कण्डेल र नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालले गर्छन् । यी दुई समूहबाट नेपाल शिक्षक संघ नवलपरासीकाे ९ अाैँ जिल्ला अधिवेशनमा आ–आफ्नो कित्ता जारी रहेको छर्लङ्ग देखाएको छ ।

केन्द्रिय सदस्य देबेन्द्र राज कण्डेल तर्फबाट अध्यक्षमा बृजराज कुश्वाहा र लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल तर्फबाट अध्यक्षमा भाेजराज चापागाईं रहेका छन । नेपाल शिक्षक संघ नवलपरासी अाफ्नाे कब्जामा पार्न महामन्त्री खनाल निकै सक्रियसाथ लागि मतदान हुदासम्म मतदान स्थलमा चलखेल गरिरहे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित