Rashtriya Dainik

जन्म दिनको अवसरमा दलित बालबालिकाको लागि भोजन खाना खुवाउने कार्यक्रम

बिरगंज ,९ चैत

पिसफोर दलितस फाउन्डेसन नेपाल , मधेश प्रदेश , पर्साको आयोजना तथा अमेरीका बस्ने प्रकाश आचार्यको आर्थिक सहयोगमा जन्मोत्सवको अवसरमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा-१९ , बिन्दबासनी केहुनिया गाउँको दलित बस्तीमा संचालित दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्रको १६५ जना बालबालिका तथा दलित टोलको अन्य व्यक्ति गरि जम्मा २१० जनाहरु भोजन खाना खुवाईएको छ।

खानामा भात , दाल , मासु ,तरकारी , पापड , सलाद रहेकोे छ।
यस बिन्दबासनी केहुनियाको दलित बालबालिका संग प्रेरीत आचार्यको जन्म दिन केक काटेर एक आपसमा बालबालिकाले बनाएको छ्न। बालबालिका तथा समुदायले प्रेरीत आचार्यको लागि जन्म दिनको हार्दिक मंगलमय शुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना रहेकोे छ।

सिन्धुली जिल्ला दुधौली न.पा.वडा- ४, पाखाटोल डकाहा स्थाई निवासी स्व. बुबा ठाकुर प्रसाद आचार्य , आमा एमुना आचार्यको जेष्ठ नाती तथा हामी प्रकाश/रितु आचार्यको सुपुत्र, प्रेरित आचार्यको १७ औं सुभ जन्मोत्सवको सुखद सु- अवसरमा Peace4Dalits Foundation Nepal ले संचालन गरिएको दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्रको बालबालिकाको लागि भोजन / खाना खुवाउने कार्यक्रमको लागि रु. ३९९५५/- अक्षरेपी उन्चालीस हजार नौव सय पच्पन्न रुपैया आर्थिक सहयोग गर्नुभएको छ।

पिसफोर दलितस फाउन्डेसन नेपालको सहयोगमा संचालित दलित बालबालिकाको लागि निशुल्क टियुसन कक्षा र दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ , गुणस्तरीय शिक्षामा प्रोत्साहन र जागरुकता हुनको लागि यो खाना खुवाउने कार्य गरिएको छ।

यस कार्यक्रमले दलित बालबालिका , अभिभावकमा प्रेणा , उत्साह , जागरुकता र शिक्षा प्रती ध्यानाकर्षण हुने उदेश्य लिएको छ। साथै दलित बालबालिकाको शिक्षा प्रति चासो बढ्ने , बालबालिका विद्यालय पढ्न पठाउने, टियुसनमा पेठाउने , घरमा बस्ने वातावरण बनाउने , गुणस्तरीय शिक्षामा जोड दिएको छ।

यस जन्म दिनको अवसरमा जन्मोत्सव कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम , सचीव दीपेन्द्र राम , सदस्य अशोक राम , सदस्य सुरेन्द्र पासवान , सदस्य सन्जोग राम , दलित महिला सदस्य , दलित अगुवा तथा बालबालिकाको सहभागिता रहेकोे छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित