राजन कुमार बानिया / पर्सा , ९ चैत
पर्साको धोबिनी गाउँपालिकामा जिल्लाका सुरक्षा निकाय र स्थानिय तह गाउँपालिकाका जनप्रतिनिधीहरु बिच बिहिवार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासन बीचको सम्बन्धबारे स्थानिय निकायमा भएको समस्या , प्रहरी प्रशासनले कस्तो खाले सहयोग गर्ने जस्ता लगायतका विषयमा छलफल भएको हो ।सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको
कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बोल्दै भने प्रत्येक वडामा वडा अध्यक्षको नेतृत्वमा कमिटी गठन गरी गाउँ टोलमा भएको झगडा , हुहल्ला , स्थानिय बासीको समस्या समधान गरिने बारे छलफल गरिएको हो ।
जनप्रतिनिधिहरुले चाहै अतिक्रम गरिएको सार्वजनिक जग्गा निकालन सकिने र प्रहरी प्रसाशनको सहयोग गर्न त्यार रहेको प्रतिबद्धता दिनु भएको हो। स्थानिय जनप्रतिनिधिले उठाएको नागरिकता बिषयमा जिल्ला प्रसाशनमा जनताहरुले नागरिकता बनाउन जादा दुख भोगिरहेको एउटा नागरिकता बनाउन तीन दिन सम्म लागने गरेको बिषयमा प्रमुख जिल्ला अधिकारी रेग्मीले भने पहिला देखि धेरै सुधार भएको र म अहिले सुधार्ने पक्षमा छु। यदी कसैले दुख दिने काम गरिरहेको छ भने मलाई भन्नुस समस्या समधान गर्छु।
कार्यक्रममा विशिष्ट अतिथि रहनु भएका पर्साका प्रहरी उपरिक्षक कोमल शाहले भने किसान हरुको लागि मलखाद बिउबिजन रोकिए छैन ,तस्करको काम मात्र रोकिएको छ।
मेरो चार वटा विशेष काम रहेको चोरी तस्करी,लागुअौषध दुर्वेशनी तस्करी नियन्त्रण ,ट्रफिक नियम हेलमेट नलगाउनेलाई कार्वाही गर्ने ड्राईभरि लाईसेन्स नलि तिनजनालाई मोटरसाइकलमा हिनने चोरीको मोटरसाइकल चलाउनेलाई कार्वाही गरिने बताए ।

धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहानको अध्यक्ष्ातामा भएको सम्पन्न कार्यक्रम राष्ट्रिय अनुसन्धान विभागका हेमन्त चौधरी ,सशस्त्र प्रहरी बल पोखरियाका डिएसपी कमल कुमार खत्री, कृष्ण कुमार,उपाध्यक्ष मन्जु देवी , प्रमुख प्रशासकिय अधिकृत महम्द नावाज हुसेन , अतिथि वडा अध्यक्ष अबास मियाँ , राजकिशोर प्र कुर्मी , मनौवर अहमद , बन्धु साह टेलि देवेन्द्र प्र कुर्मी ,पत्रकार लालबाबु बानियाँ, ईलाका प्रहरी कार्यक्रम पोखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केसी ,स्थानिय नेता सलाउदिन अहम्द,माअोबादीका युवा नेता संतोष पटेल, कार्यपालिका सदस्य दिनेस साह, सदस्य मदन सहनी,कार्पालिका सदस्य गाउँपालिका महिला,पुरुष सदस्य गाउँपालिकाका कर्मचारी बृजकिसोर त्रिपाठी, पपु पटेल, केसराज प्र कुर्मी, रविभुसन पटेल लगायतको पनि सहभागिता थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

