Rashtriya Dainik

विश्वका सबैभन्दा खुसी राष्ट्रको सूचिमा नेपाल ७८औं स्थानमा, अघिल्लो वर्षको तुलनामा ६ स्थान सुधार

काठमाडौं, ९ चैत।

नेपाल संसारका सबैभन्दा बढी खुसी हुने राष्ट्रहरुको सूचिमा ७८औं स्थानमा रहेको छ। संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलपमेन्ट सल्युसन नेटवर्कले मार्च २० मा विश्व खुसी दिवसका अवसरमा ‘ह्याप्पिनेस’ रिपोर्ट सार्वजनिक गरेको हो।

उक्त रिपोर्टमा नेपालले गतवर्षभन्दा ६ अंकको सुधार गरेको हो। २०२२ को रिपोर्टअनुसार नेपाल ८४औँ स्थानमा रहेको थियो।

सबैभन्दा खुसी देशको सूचिको पहिलो स्थानमा फिनल्याण्ड रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित