Rashtriya Dainik

महिनावारीको समयमा यौन सम्पर्क राख्दा यी कुरामा ध्यान दिनुहोस्

एजेन्सी । महिनावारीको बेला पनि कतिपय जोडीले यौन सम्पर्क राख्न डराउँछन् । यस अवस्थामा सावधानीपूर्वक यौन सम्पर्क राख्न नसकेको अवस्था विभिन्न हानी पुग्न सक्छ । विभिन्न अध्ययनमा सहभागि डाक्टरहरुले यदि कपल्स सहज छन् भने महिनावारीको बेला पनि सेक्स गर्नमा कुनै समस्या नहुने बताउँछन् ।

पीरियड्सको क्रममा सेक्सको इच्छा छ या छैन त्यस कुरालाई लिएर पार्टनरले एक अर्कासँग कुराकानी गर्नु राम्रो हुन्छ । यदि तपाईं सहज हुनुहुन्छ भने मात्रै महिनावारीको बेला सेक्स गर्न सक्नुहुन्छ अन्यथा नगरेको राम्रो ।

-यस अवस्थामा सेक्स गर्नुभन्दा पहिले बेडमा प्लास्टिक या डार्क कलरको बेडसिट ओछ्याउँदा हुन्छ, ताकि दाग नलागोस् ।

-सेक्सको क्रममा कुनैपनि किसिमको समस्या भयो भने तुरन्त आफ्नो पार्टनरलाई भनिहाल्नु पर्छ । यदि तपाईंलाई बढि समस्या भयो भने आफूलाई धेरै फोर्स गर्नु हुँदैन ।

-विशेष पोजिशनमा बढि दुख्यो भने पोजिशन चेन्ज गर्न सक्नुहुन्छ । तपाईंले अरु दिन जस्तै महिनावारीको बेलामा पनि त्यहि पोजिशनमा सेक्स गर्नु भन्दा पनि आफूलाई जुन पोजिशनमा सहज हुन्छ त्यसमा नै गर्नुपर्छ र यस विषयमा पार्टनरलाई पनि बताउनु पर्छ ।

-कुनै विशेष पोजिशनमा बढि दुख्यो भने पोजिशन चेन्ज गर्न सक्नुहुन्छ । तपाईंले अरु दिन जस्तै महिनावारीको बेलामा पनि त्यहि पोजिशनमा सेक्स गर्नु भन्दा पनि आफूलाई जुन पोजिशनमा सहज हुन्छ त्यसमा नै गर्नुपर्छ र यस विषयमा पार्टनरलाई पनि बताउनु पर्छ ।

-मेल पार्टनरले कन्डमको प्रयोग गर्न बिर्सनुभएन । यसले दुवै जनालाई कुनैपनि संक्रमणबाट जोगाउँछ ।

– सेक्स गर्ने स्थानमा टिस्यू, वाइभ्स वा कपडा राख्नुपर्छ ताकि यदि अवस्था विग्रियो वा रगत आयो भने सफा गर्न सहज हुन्छ ।

– सेक्स भन्दा पहिले र पछि राम्रो सँग गोप्य अंगलाई पानीले सफा गर्नुपर्छ ।

जोर्नी दुख्ने समस्याबाट यसरी बच्न सकिन्छ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित