Rashtriya Dainik

रामायण ज्ञान महायज्ञ चितवनको वाल्मीकि आश्रममा सुभारम्भ

अारपि उपाध्याय / नवलपरासी , ८ चैत

विश्व सनातन धर्म स्थापनार्थ मुल समिति काठमाडौं तथा विश्व सनातन धर्म स्थापनार्थ सीतामाता मन्दिर जिल्ला शाखा नवलपरासीको आयोजनामा रामायण ज्ञान महायज्ञ चितवनको वाल्मीकि आश्रममा एक कार्यक्रमका बिच बुधबार सुभारम्भ भएको छ।

मुल समिती काठमाडौंका अध्यक्ष दिपक रायमाझीको अध्यक्षतामा ज्ञान महायज्ञको सुभारम्भ भएको हो। ज्ञान महायज्ञमा नेपाल भारतका सिमावर्ती क्षेत्रबाट ठूलो सङ्ख्याका भक्तजनहरुले महायज्ञमा कथा श्रवण गरेका थिए ।

ओझेलमा परेको वाल्मीकि आश्रमको पुरातात्त्विक एवं धार्मिक पर्यटकीय स्थलको रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

सप्ताहव्यापी ज्ञान महायज्ञमा अनन्त श्री विभुषित १००८ स्वामी श्री हरि प्रपन्नाको मुखार विन्दुबाट कथा वाचन गरिएको जिल्ला समितिका अध्यक्ष शालिग्राम उपाध्यायले बताएका छन। चितवन माणी नगरपालिका वडा न.१ मा पर्ने नेपालकै एक प्रमुख धार्मिक धरोहरको रुपमा रहेको वाल्मीकि आश्रममा विकासको प्रशस्त सम्भावना रहेता पनि राज्यको ध्यान नपुगेको हुँदा राज्यको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ गरिएको महायज्ञ चैत्र १६ गतेसम्म सञ्चालन रहने आयोजकले जानकारी दिएको छ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम श्री राम र जगत जननी सीतामाता संग जोडिएको धार्मिक प्रसङ्गलाई महायज्ञको कथामा मुख्य केन्द्रविन्दु बनाइएको छ।

वाल्मीकि आश्रममा सीतामाताको धर्ती प्रवेश स्थल, लवकुशद्वारा घोडा बाधिएको किला, पाठशाला, वाल्मीकि ऋषिको यज्ञशाला, ऐतिहासिक कुवा, तमसा र सोनभद्र नदीको धार्मिक प्रसङ्ग हालको समयमा पनि प्रत्यक्ष देखिने हुँदा आश्रमको अन्तर्राष्ट्रिय महिमा हाल पनि कायम नै छ। आश्रम विकट स्थानमा रहनु र चितवन राष्ट्रिय निकुञ्जको कानुनी जटिलताका कारण आश्रमले गति लिन नसकेको जानकार वर्गको तर्क रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित