Rashtriya Dainik

पर्साकाे पाेखरियामा आतंक मच्चाएकाे चितुवा नियन्त्रणमा

राजन कुमार बानिया/ पर्सा ,८ चैत
पर्साकाे पाेखरियामा मंगलबार राति देखि आतंक मच्चाएकाे चितुवा बुधबार साँझ मात्र नियन्त्रणमा आएकाे छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट आएकाे टाेलीले बुधबार साँझ ६ बजेतिर डार्ट (बेहास पार्ने सुई ) हानेर चितुवालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरीक्षक माेहनविक्रम केसीले जानकारी दिए।

पर्सा राष्ट्रिय निकुञ्जकाे जंगलबाट बाटाे बिराएर खेत हुँदै मध्यरातमा गाउँ छिरेकाे चितुवाकाे आक्रमणबाट पाेखरियामा एक प्रहरी जवान सहित तीन जना घाइते भएका थिए । चितुवाकाे आक्रमणबाट पाेखरिया नगरपालिका वडा नम्बर ५ सतवरियाका जाेगिन्द्र साह तेली, वडा नम्बर ४ का दिल महम्मद मियाँ र इलाका प्रहरी कार्यालय पाेखरियामा कार्यरत प्रहरी जवान सुचिन्द्र प्रसाद यादव घाइते भएका थिए ।

अक्रमणकारी चितुवा नियन्त्रणका लागि बुधबार बिहानैदेखि प्रयास गरिएको भएपनि साँझ मात्र नियन्त्रणमा आएकाे पर्सा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सुर्य खड्काले जानकारी दिए ।
सतवरिया गाउँका स्थानीय शंकर प्रसादकाे फुसकाे घरमा बिहानैदेखि लुकेर बसेकाे चितुवालाई नियन्त्रणमा लिन नेपाल प्रहरी ,सशस्त्र प्रहरी , डिभिजन वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जकाे टाेलीले प्रयास गरेपनि नियन्त्रणामा लिन असफल भएका थिए ।
त्यसपछि चितवन राष्ट्रिय निकुञ्जबाट डार्ट (बेहाेस पार्ने) गर्ने टाेली मगाइएकाे र त्यहि टाेलीले डार्ट गरेर चितुवालाई नियन्त्रणमा लिएको खड्काले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित