रणवीर-श्रद्धा स्टारर ‘तु झूठी मैं मक्कर’ बन्यो यस वर्ष धेरै कमाउने दोस्रो बलिउड फिल्म

रणवीर कपुर र श्रद्धा कपुर स्टारर रोमान्टिक ड्रामा ‘तु झूठी मैं मक्कर’ सय करोड क्लबमा प्रवेश गरेको छ । नेट कलेक्सनका आधारमा फिल्मले ११ औं दिनमा हिन्दी संस्करणमा उक्त कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो फिल्मले शाहरुख खानको कमब्याक रहेको ‘पठान’पछि सन् २०२३ मा सय करोडभन्दा बढी कमाउने दोस्रो फिल्म बनेको छ । लभ रञ्जन निर्देशित फिल्मलाई क्रिटिक्सले सकारात्मक समीक्षा दिएका छन् । तर दर्शकमाझ फिल्मको समीक्षा मिश्रित छ । दोस्रो साता पनि फिल्मले राम्रो कमाइ गरेको छ भने दोस्रो सप्ताहन्त कलेक्सनमा उछाल देखिएको छ ।

भारतीय बक्स अफिसमा दोस्रो साता हलिउडको साजम, रानी मुखर्जीको ‘मिसेज चटर्जी भर्सेस नर्वे’, कपिल शर्माको ‘जिग्वाटो’ र उपेन्द्र स्टारर दक्षिण भारतीय फिल्म ‘कब्जा’जस्ता फिल्म रिलिजको बाबजुद पनि ‘तु झूठी मैं मक्कर’ले राम्रै कमाउन सक्यो । नेपाली बक्स अफिसमा समेत यो फिल्मले सन्तोषजनक कमाइ गरेको छ ।

शाहरुख खान स्टारर ‘पठान’को कुल हिन्दी संस्करणको कलेक्सन ५४२ करोड भारु छ । संकटमा फसेको हिन्दी फिल्म उद्योगलाई पठानले उद्धार गरेको थियो । त्यसपछि रिलिज भएका हिन्दी फिल्महरु शेहजादा र सेल्फी बक्स अफिसमा असफल रहे । तर कन्टेन्टकै कारण रणवीर र श्रद्धाको रोम-कम फिल्म बलिउडमा राम्रै चलिरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot