नवलपरासी – मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासी अन्तरगत प्रतापपुर गाउँ कमिटीको भेलाले यम बहादुर गुरुङ्गको नेतृत्वमा नयाँ गाउँ कमिटी निर्वाचित गरेको छ ।
मंगलवार गोपीगंजमा सम्पन्न भेलाले जिल्ला समिति सदस्य समेत रहनुभएका गुरुङ्गलाई गाउँ कमिटीको सेक्रेटरीमा निर्वाचित गरेको हो । उक्त ७ सदस्सीय पालिका कमिटीको सदस्यहरुमा गणेश विश्वकर्मा,दयामान श्रेष्ठ,मदन पोखरेल ,यमनारायण चौधरी र रामअबध राजभरलगायत रहनुभएको छ ।
भेलामा नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले क्रान्तिकारी माओवादी सच्चा कम्युनिष्टहरुको केन्द्र बन्दै गइरहेको बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले क्रान्तिकारीहरुबीचको एकता र धुब्रीकरणको परिस्थिति बन्दै जानुलाई शुभ संकेतको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिका ईञ्चार्ज गुणनीधि पोखरेलले पार्टी संगठन विस्तारका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने औल्याउनुभयो ।
नव निर्वाचित सेक्रेटरी यम बहादुर गुरुङ्गले पार्टीलाई प्रतापपुरको सातै वटा वडामा विस्तार गर्नका लागि आफूले सक्दो पहल लिने र त्यसका लागि पालिकामा रहेका सबै नेता कार्यकर्ताको साथ रहने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अगुवा रामआश्रय कुमालले नव निर्वाचित कमिटीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

