उत्तमकुमार थापा ,बझाङ जिल्लाकाे बुङगल नगरपालिका वडा नम्बर ९ मा दलित सहयाेग समाज सँस्था लागू भए पछि एक जनाको जीवन बदलिएको छ । विगत २८ बर्ष सम्म जाँड रक्सी खादै,राेडमा सुतिरहने बुङगल नगरपालिका वडा नम्बर ९ का डम्बर धामीकाे जीवन जिल्लामा लागू भएकाे दलित सहयाेग समाज सँस्थाले बदलिदिएको हाे । धामी विगत २० बर्षकाे उम्मेर देखि मदिरा सेवन गर्दै आउनु भएको थियाे । उनलाई गाउँमा जडियाँ मान्छे भनेर गाउँलेहरुले हेप्ने गर्नुकाे साथै सबै गाउँलेहरु दिक्क हुनुभएका थिए । अहिले धामीलाई ५२ बर्ष भएको छ । लगातार २८ बर्ष सम्म मदिरा सेवन गरिरहेका उनलाई गाउँघरमा सँस्था लागू भएपछि बदलिएको उनकाे आफन्तहरुकाे भनाइ छ । जाँड रक्सी खादै सडककाे पेटिमा खेतको गडामा सुत्ने उनको जीवन परिवर्तन गर्न दलित सहयाेग समाजले उनलाई सुधारर्न ५० हजार बराबरको बाख्रा वितरण गर्नु भएको थियाे । उनलाई बाख्रा हस्तान्तरण गरेपछि नित्तान्तै आफू परिवर्तन भएको डम्बर धामीकाे भनाइ छ । धामीका अनुसार पहिले घर खेत गडा जग्गा जमिन केही थिएन अहिले सँस्थाकाे सहयाेगमा करिव २ लाख बराबरका बाख्रा रहेका छन । भने सबै घरपरिवार यसै व्यावसायबाट पालिएकाे उनले बताए । उनको स्थिति बुझ्न गाउँघरमा दलित सहयाेग समाजका कार्यकारी निर्देशक सुनिल दमाई पुग्दा दाजुभाइ समाज सुधार समुहले परिवर्तन गरेको बताउदै,समाजका हुने गरेका विकृति विशँगतिहरुलाई हटाउन धामीझाँक्रीहरु पनि सक्रिय भएको पाईन्छ । नगरपालिकाकाे वडा नम्बर ९ घर भएका डम्बर धामीका २ छाेरा २ छाेरी सहित ८ जना परिवार बस्छन । उनले ५ बाख्रा बाट १९ बाख्रा विक्रि गरिसकेको पाईन्छ । दलित सहयाेग समाजले बुङगल नगरपालिकाकाे वडा नम्बर ९/१०/११ र १/३/५ वडाहरुमा पनि बाख्रा वितरण गर्नु भएको छ । समाज परिवर्तनका लागि ३ वटा भैंसी पनि वितरण गर्नु भएको पाईन्छ । युनाइटेड मिसन टु नेपाल एमडिपी र दलित सहयाेग समाजकाे सयुक्त आयाेजनामा समाजरुपान्तरणका लागि विभिन्न बस्तीहरुमा जनचेतनामूलक कार्यक्रमहरु गर्दै आईरहेकाे पाईन्छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।