नवलपरासी , ७ चैत
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ मा नदिजन्य सामाग्री निकासा गर्ने क्रममा झडप भएको छ ।
साेमबार सुस्ता गाउँपालिका वडा नम्बर ५ मा नारायणी नदि किनारबाट नदिजन्य सामाग्री निकासा गर्दैै गरेका व्यक्तिहरुको प्रहरीसँग मुठभेड भएको हो ।
प्रहरीसँग नदिजन्य सामाग्री निकासा गरिरहेका व्यक्तिहरुको मुठभेड हुँदा महलबारी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक बिन्तोष लामिछाने घाइते हुनुभएको छ ।
घटनामा संलग्न १ जना र नदिजन्य सामाग्री ढुवानी गर्ने एउटा टेक्टरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक श्याम प्रसाद यादवले जानकारी दिनुभयो ।
घटनामा संलग्न अन्य ४ जना भने नारायणी नदि पारी भागेको प्रहरीले जनाएको छ ।
नारायणी नदिबाट यसअघि पनि अवैध रुपमा नदिजन्य सामाग्रीहरु अवैध ढंगले चोरी निकासा हुने गुनासो स्थानियहरुले गर्दै आएका छन् ।
उता, पछिल्लो समय निमार्ण व्यवसायीहरुले नदिजन्य सामाग्रीहरुको अभाव रहेको र भौतिक पुर्वाधारका योजनाहरु अगाडी बढाउन नसकिएको गुनासो गर्दै आएका छन् ।
सुस्ता गाउँपालिकाले भने वातावरणीय प्रभाव मुल्यांकनको आधारमा नारायणी नदिबाट वैधानिक ढंगले नदिजन्य सामाग्रीहरुको निकासा गर्न दिने तयारी गरेको छ ।
सुस्ता गाउँपालिकाका गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले गाउँपालिकाले राजश्व संकलन गर्ने गरी वातावरणीय प्रभाव मुल्यांकन गरिएको स्थानबाट नदिजन्य सामाग्रीहरुको निकासा गर्ने आफूहरुको तयारी रहेको जानकारी दिनुभएको छ ।
सुस्ता गाउँपालिकाको वडा नम्बर ५ क्षेत्रबाट नदिजन्य सामाग्री निकासा गर्न पाउने गरी वातावरणीय प्रभाव मुल्यांकन गरिएको भएतापनि वडा नम्बर ३ र ४ क्षेत्रबाट अवैध रुपमा निकासा हुने गरेको गुनासो समेत त्याहाँका स्थानियहरुको रहेको छ ।
त्यस्तै सम्पर्क तथा भु–आर्जन कार्यालय गण्डक योजना बाल्मिकीनगरले समेत नारायणी नदिबाट नदिजन्य सामाग्रीहरुको अवैध उत्खनन् गर्दा नदिको बाँधलाई असर गर्ने र त्यस आसपासका बस्तिहरु नै जोखिममा पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्राचार समेत गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

