Rashtriya Dainik

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आइतबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बस्न लागेको केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि सानेपास्थित केन्द्रिय कार्यालय र सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बस्दै आएको बैठक यसपटक वानेश्वरस्थित संसद भवनमा बोलाईएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको कार्यसम्पादन समितिका बैठक बस्न लागेको हो । कांग्रेस नेताहरुका अनुसार सो बैठकवाट प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्न लागेको हो।

यसअघि पुस २६ मा पनि पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। एउटै कार्यकालमा प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रो पटक हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित