Rashtriya Dainik

किन घटदै छ निरन्तर एक वर्षदेखि महेसपुर भन्सारकाे राजस्व ?

बिनोद निगम / नवलपरासी , ४ चैत

यसै आर्थिक बर्षमा स्तरोन्नती भएको जिल्लाको महेशपुर भन्सारमा फागुनमा पनि भन्सार राजस्व ओरालो लागेको छ ।

असोज महिनामा झण्डै एक करोड राजस्व संकलन भएको पाईएको छ भने माघ महिनामा ३४ प्रतिशत राजस्व ह्रास भएको थियो । भने गत फागुन महिनामा राजश्व घटेकाे महेशपुर भन्सार कार्यालयले जनाएको छ ।

महेशपुर भन्सार कार्यालयमा १७ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयलका कर्मचारीले बताए ।

सानो भन्सारबाट ठुलो भन्सार परिणित हुने वित्तिकै ब्यपारीहरु उत्साही भएका थिए । अहिले किन व्यपारीहरु भन्सार गराउन छाडेका छन अनुसन्धानको विषय बनेको छ । यो बर्ष देखि भन्सारको स्तरोन्नति भए पछि राजस्व संकलनमा वृद्धि सँगै ब्यापारीलाई भारत र तेश्रो देशबाट पनि मालसमान पैठारी गर्न सजिलो भएको थियो । तर अहिले महेशपुरमा भन्सारमा असहज बातावरण भएकोले ब्यपारीहरु भैरहवा भन्सार कार्यालयमा तर्फ गएका छ ।

चालु आर्थिक वर्ष चिनी, गहुँ जस्ता वस्तुमा कोटा सिस्टम लागू गरेर आयातमा कमी हुनु र एलसी अनिवार्य गर्नु लगायत विभिन्न प्रकारका वस्तु पैठारीमा प्रतिबन्ध लगाएको कारण आयातमा कमि भएको महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धि कुमार चुडालले बताए ।

उनले भने भन्सार कार्यालयको राज्वशमा नितिगत समस्या रहेको भन्दै महेशपुर भन्सार कार्यालयमा खाद्ध प्राविधि तथा गुड नियन्त्र कार्यालयको प्रयोग शाला नहुंदा खाद्ध बस्तुको परिक्षण गराउन भैरहवा जाने गरेका छन । महेशपुर भन्सार स्थित खाद्ध प्राविधि तथा गुड नियन्त्र कार्यालयको प्रयोगशालाको आवश्यकता रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित